काठमाडौँ । सभापतिको राजीनामा माग्दै नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ ।
बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरू विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।
भट्टराई र बास्कोटाले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि काँग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नेतृत्व नछाडेको भन्दै प्रश्न उठाए । त्यसपछि उनीहरू बैठकमा नबस्ने भन्दै बाहिरिएका छन् ।
एमालेले सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने अडान लिएको छ ।