२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याटिङमा फेरी चुक्यो नेपाल, नामिबियासँग ४० रनले पराजित

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको छ।

सोमबार स्कटल्यान्डमा नामिबियाले दिएको २२१ रनको पछ्याएको नेपाल ४६.५ ओभरमा १८० रनमा अलआउट भयो।

नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ८४ बलमा नटआउट ५० रन जोडे। आरिफले २ चौका हिर्काउन सके।

नेपालका ओपनरद्वय कुशल भुर्तेल २७ रन र आसिफ शेख १४ रनमा आउट भए। देव खनालले ६५ बलमा ३४ रन जोडे।
रोहित पौडेल शून्यमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले ४ रन भन्दा बढी जोड्न सकेनन्। सोमपाल कामी र आदिल अन्सारी १०-१० रनमा आउट भए।

करण केसीले ११ बलमा २ चौका र १ छक्का हिर्काउँदै १९ रन जोडे। बासिर अहमद ३ रनमा रनआउट र कप्तान सन्दीप शून्यमा आउट भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७।३ ओभरमा २२० रनमा अलआउट भयो।

नामिबियाका लागि जान इटनले अर्धशतक प्रहार गरे। सोमपाल कामीबाट आउट हुनुअघि उनले ६९ बलमा ६० रनको योगदान गरे।

ओपनरद्वय लो लाउरेन्सले १८ रन र डिभान ला ककले ४१ रन जोडे। क्राइग विलियम्सले २१ रन जोड्दा जान ग्रिनले ३ रन मात्र जोड्न सके।

यस्तै नामिबियाका कप्तान इरामसले दीपेन्द्रसिंह ऐरीबाट बोल्ड हुनुअघि ४९ बलमा २२ रन जोडे। जेजे स्मिथ १७ रन र डेभिड विसे १८ रनमा आउट भए।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ५४ रन खर्चिए।

सोमपाल कामीले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र करण केसीले १-१ विकेट हात पारे। डेब्यू खेलाडी बासिर अहमेदले पनि १ विकेट लिन सफल भए।

७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।

२१ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अङ्क जोड्दै युएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्।

आजको जितसँगै नामिबियाले नेपाललाई पछि पारेको छ। पाँचौँ स्थानमा उक्लिएको नामिबियाले १५ खेलबाट १६ अङ्क जोडेको छ।

१७ खेलबाट १५ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा झरेको छ। २० खेलबाट २ अङ्क जोडेको पपुवा न्युगिनी सातौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस