लिग टु क्रिकेट : आज नामिबियासँग खेल्दै नेपाल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लिग टु क्रिकेट : आज नामिबियासँग खेल्दै नेपाल


२७ असार २०७९, सोमबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ ।

लिग टु मा नेपाल र नामिबियाबीच एक अङ्कको मात्र अन्तर छ ।

नेपाल १६ खेलबाट १५ अङ्कसहित पाँचौँ स्थानमा छ । १५ खेलबाट १४ अङ्कसहित नामिबिया छैटौँ स्थानमा छ । नामिबियालाई पराजित गरेमा नेपालले अंकदूरी बढाउने छ । नामिबिया भने नेपाललाई हराएर अङ्कतालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

शृंखलाको पहिलो खेलमा नामिबिया घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको थियो ।

नेपाल-नामिबियाको खेल दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस