मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरियाको निधन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरियाको निधन


२६ असार २०७९, आइतबार


मेक्सिको सिटी । मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको १०० वर्षको उमेरमा निधन भएको छ ।

उनका छोरा बेनिटो इचेभेरियाले सिन्ह्वालाई सो बारे जनाकारी गराएका हुन् ।

उनले सन् १९७० देखि १९७६ सम्म शासन गरेका थिए। उनको निधनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्विटर मार्फत आफ्नो सम्मानजनक समवेदना व्यक्त गरेका छन् ।

मेक्सिकोको संस्थागत क्रान्तिकारी पार्टीका सदस्य र पेसाले कानुन व्यवसायी रहेका इचेभेरियाले मेक्सिकोको अन्तर्राष्ट्रिय सम्बन्धलाई विशेष प्राथमिकतामा राखेर शासन गरेका थिए ।

सन् १९७२ मा संयुक्त राष्ट्रसङ्घमा राज्यको आर्थिक अधिकार र कर्तव्यको बडापत्रलाई प्रवर्द्धन का लागि उनी विशेष परिचित थिए।

उनले सन् १९७२ फेब्रुअरीमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापनाको पहल पनि गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस