नेताका नामका ट्रस्टमा ब्रह्मलुट भइरहेको छ : धनराज गुरुङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेताका नामका ट्रस्टमा ब्रह्मलुट भइरहेको छ : धनराज गुरुङ


२६ असार २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रस्ट र फाउन्डेसनका नाममा राज्य कोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको बताएका छन् । उनले त्यो काम सरसर्ती भ्रष्टाचार भएको समेत भनेका छन् ।

श्रीलङ्कामा भएको घटनासँग जोड्दै उपसभापति गुरुङले नेताका नाममा खुलेका ट्रस्टमा बजेट लगानी गर्ने काम अहिल्यैबाट छोड्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितिको बैठकमा भनेको थिएँ–नेताहरुको नाममा खोलेको ट्रस्टरफाउन्डेसनहरुमा राज्य कोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो । रोक्नु पर्छ ।’

तर त्यसयता पनि त्यस्तो प्रवृत्ति बढ्दो रहेको उनको दाबी छ । उनले श्रीलङ्कामा भएको घटनाबाट अचेत नेताहरुको चेत खुल्नुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस