जसपा यादव पक्षले भन्यो : काठमाडौँमा पार्टीको कुनै बैठक छैन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपा यादव पक्षले भन्यो : काठमाडौँमा पार्टीको कुनै बैठक छैन


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) ले काठमाडौँमा जसपाको केन्द्रीय समितिको बैठक नरहेको जनाएको छ ।

जसपाका कार्यालय प्रमुख प्रकाश अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी यही असार १३ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समितिको बैठक २९ र ३० असारमा वीरगञ्जमा बस्ने निर्णय गरेको जनाएको हो ।

विज्ञप्तिमा केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरुले पार्टीका विधान र निर्णय विपरित अवैधानिक तथा अनाधिकृत रुपमा जसपाको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौँमा बस्ने भनि भ्रम फैलाएको उल्लेख गरिएको छ । काठमाडौँमा जसपाको कुनै आधिकारिक बैठक नरहेको कार्यालय प्रमुख अधिकारीले जनाएका छन् ।

जसपा नेपालको बाबुराम भट्टराई पक्षले पनि असार २९ र ३० गते काठमाडौँमा विस्तारित बैठक बोलाएको छ । पार्टीमा देखिएका आन्तरिक विवादका कारण यसरी छुट्टा छुट्टै बैठक बस्न लागेको हो । जसपामा बस्ने कि अलग हुने विषयको निर्णय गर्न डा।भट्टराई बैठक बोलाएका हुन् ।

उनीहरुले जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा केन्द्रीय समितिको बैठक बोलाएको र बैठकबारे अधिकांश केन्द्रीय सदस्यलाई जानकारी नपठाएको आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस