हुबहु प्रश्न पत्र मिलेपछि त्रिविले रद्द गर्‍यो बिबिए छैटौँ सेमेस्टरको परीक्षा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हुबहु प्रश्न पत्र मिलेपछि त्रिविले रद्द गर्‍यो बिबिए छैटौँ सेमेस्टरको परीक्षा


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले असार २२ गते बिबिए छैटौँ सेमेस्टरका लागि लिएको परीक्षा रद्द गरेको छ ।

व्यवस्थापन सङ्काय तर्फको ‘एमजीटी २०३ स् अर्गनाइजेसन बिहाभियर’ विषयको परीक्षा रद्द गरेको हो ।

त्रिविले शुक्रबार सूचना प्रकाशित गरेर लिइसकेको उक्त परीक्षा रद्द गर्ने जानकारी गराएको छ । उक्त विषयको परीक्षा साउन १ गते हुने त्रिवि परीक्षा नियन्त्रण महाशाखाले जानकारी गराएको छ ।

मोर्डन नेपाल कलेजले ‘प्रिबोर्ड’ का लागि लिएको प्रश्नसँग त्रिविको प्रश्न हुबहु मिलेपछि परीक्षा रद्द गरिएको हो । सम्पन्न भइसकेको परीक्षा रद्द गर्ने त्रिविको निर्णयप्रति विद्यार्थीले आपत्ति जनाएका छन् ।

हेर्नुस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस