काठमाडौँ । पूर्व मन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।
शुक्रबार जिल्लाको कमलामाई नगरपालिका-१४, चन्दनपुरमा उनी सवार कार तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासङ्घका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीन जनाको अवस्था गम्भीर छ ।
पूर्व मन्त्री शेर्पाको चाहिँ बाहिरी चोट देखिएको छैन । चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । उनीहरूको थप उपचार ट्रमा सेन्टरमा हुनेछ ।