बुढीगंगामा सर्वदलीय बैठक जारी, बैठक लगत्तै गणना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बुढीगंगामा सर्वदलीय बैठक जारी, बैठक लगत्तै गणना


२४ असार २०७९, शुक्रबार


कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणनाको तयारीस्वरूप अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

बिहान ७ बजे सर्वदलीय बैठक बस्ने भनिए पनि केही ढिलो बैठक सुरु भएको हो । बैठक लगत्तै गणना गर्ने जनाइएको छ ।

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले आजलाई पुन निर्वाचनको मिति तोकेको थियो ।

हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो ।

यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् ।

उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस