हिमालयनमा सिभिल बैङ्क गाभिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हिमालयनमा सिभिल बैङ्क गाभिने


२३ असार २०७९, बिहिबार


काठमाडौँ । हिमालयन बैङ्क लिमिटेडमा सिभिल बैङ्क लिमिटेड गाभिने भएको छ ।

हिमालयनले सिभिल बैङ्कलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता पत्र (एमओयू)मा शुक्रबार हस्ताक्षर हुने भएको छ ।

शुक्रबार २ घण्टा मात्रै सेयर कारोबार हुने भएकोले कारोबार समयपछि काठमाडौँको एक होटेलमा सम्झौता पत्रमा हस्ताक्षर हुने एक सञ्चालकले बताए ।

बिहीबार बसेको हिमालयन बैङ्क सञ्चालक समितिको बैठकले सिभिल बैङ्कलाई प्राप्ति गर्न सम्झौता गर्न स्वीकृत प्रदान गरेको छ । सिभिल बैङ्कले पनि बिहीबार नै सञ्चालक समिति बैठक बोलाएको छ ।

संयुक्त कारोबार हिमालयन बैङ्कको नामबाट गर्ने र हिमालयनले सिभिल बैङ्कलाई प्राप्ति गर्ने प्रस्ताव हिमालयन बैङ्कको बोर्ड बैठकले स्वीकृत गरेको हो । हिमालयन बैङ्कमा हाल १०० कित्ता सेयर रहेको सिभिल बैङ्कमा सेयर धनीको मर्जरपछि ८१ कित्ता सेयर हुने अनौपचारिक सहमति भए पनि एमओयूमाको ड्राफ्टमा भने उक्त कुरा समावेश नभएको स्रोतले बतायो ।

कर्मचारी समायोजन, सञ्चालक समिति, उच्च व्यवस्थापन कोर बैङ्किङ सिस्टम लगायतका विषय के हुने भन्ने सहमति नभएको र अहिलेसम्म डीडीए भएको छैन । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर( तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावलीले सम्पत्ति र दायित्वको मूल्याङ्कन (डीडीए) गर्दा आउने सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) भन्दा मर्जर गर्न लागेको रेसियो १० प्रतिशत भन्दा तलमाथि भएमा डीडीए रिर्पोटअनुसार हुनुपर्ने व्यवस्था गरेको छ ।

हिमालयन बैङ्क सञ्चाल समितिको बैठकले १००ः८१ प्रतिशत स्वाप रेसियो हुने सहमति गर्दा डीडीएमा १० प्रतिशत भन्दा बढीले तलमाथि भएमा के गर्ने प्रश्न केही सञ्चालकले उठाएका थिए । तर, बैङ्कका अध्यक्ष सहितका मर्जर समितिमा रहेका सदस्यले त्यसमा मिलाउने भनेपछि एमओयूका लागि स्वीकृत प्रदान गरेको एक सञ्चालकले बताए ।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैङ्कबिच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगाएका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो । १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेको भए पनि हिमालयन बैङ्कको साधारण सभाले उक्त स्वाप रेसियोमा मर्जरमा जान नसकिने भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेपछि सम्झौता भएको ९ महिनापछि मर्जर तोडिएको थियो ।

उक्त मर्जर प्रक्रिया असफल भएपछि नेपाल इन्भेष्टमेन्ट बैंंकले मेगा बैङ्कसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । हिमालयन बैङ्कले पनि सिभिल बैङ्कलाई प्राप्ति गर्ने सम्झौता गर्न तयारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस