तोलामा १४ सय रुपैयाँले घट्यो सुन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तोलामा १४ सय रुपैयाँले घट्यो सुन


२३ असार २०७९, बिहिबार


काठमाडौँ । सुनको मूल्यमा दोस्रो दिन पनि उच्च गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजाबी सुनको मूल्य ९४ हजार एक सय र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ ।

बुधबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।

बुधबार ९६ हजार रुपैयाँमा छापावाल र ९५ हजार ५ सय रुपैयाँमा तेजाबी सुनको खरिद बिक्री भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस