२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले आज नागरिकता विधेयक फिर्ता लिने

अ+ अ-

काठमाडौँ । लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विधेयक सरकारले आज फिर्ता लिने भएको छ ।

प्रतिनिधिसभाको आज (बिहीबार) बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव गर्ने भएका छन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । २०७५ साउन २२ मा विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो ।

विगतमा विभिन्न राजनीतिक दलसँग भएका सहमति अनुसारका बुँदा समेटेर सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेस गर्न लागेको हो ।

‘जन्मसिद्धका सन्तानले कानुन नहुँदा नागरिकता पाउन सकिरहेका थिएनन्, नयाँ विधेयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्नेछ,’ लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले भने ।

नागरिकता विधेयक पारित गराउनका लागि मुख्यतः लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले सरकारलाई संसद र ज्ञापन पत्र मार्फत झकझकाउँदै आएका छन् ।