डा. संगीता प्रमुख विशेषज्ञमा बढुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डा. संगीता प्रमुख विशेषज्ञमा बढुवा


२२ असार २०७९, बुधबार


काठमाडौँ । सरकारले स्वास्थ्य सेवा तर्फ डा. संगीता कौशल मिश्रालाई १२औँ तह (प्रमुख विशेषज्ञ)मा बढुवा गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले डा. मिश्रालाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

लोक सेवा आयोगले पठाएको दुई जनामध्ये मन्त्रिपरिषद्ले डा. मिश्रालाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिले डा. मिश्रासँगै डा टङ्कप्रसाद बाराकोटीको नाम सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस