२०३० अङ्कमा ओर्लियो नेप्से, सबै सूचकमा गिरावट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२०३० अङ्कमा ओर्लियो नेप्से, सबै सूचकमा गिरावट


२१ असार २०७९, मंगलबार


काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से २०३० अङ्कमा ओर्लिएको छ ।

कारोबारको आधा समय उतारचढाव रहेको बजार १ बजेपछि ओरालो लाग्यो । २ अर्ब ९६ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार ४ अर्ब नाघेको थियो ।

सबै सूचकहरु राताम्मे भएका छन् । बैङ्किङ १७, विकास बैङ्क १००, फाइनान्स ५६, होटल तथा पर्यटन ७८, जलविद्युत् ५२, लगानी २, जीवन बीमा २१५, उत्पादन १४५, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा २३९, अन्य ६० र व्यापार उपसमूह ८५ अङ्क घटे ।

कुल १७ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने १ को स्थिर रह्यो । सीवाईसी लघुवित्त र ङादी ग्रुप पावरको मूल्य १० प्रतिशत बढ्यो । आँधिखोला लघुवित्तको ९.६, स्वाभिमान लघुवित्तको ८.१ र युनियन हाइड्रोपावरको मूल्य ५.३ प्रतिशत बढ्यो ।

घलेम्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सानिमा बैङ्क (संस्थापक), अरुणकाबेली, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस