हिमा बस्नेतले लिइन प्रदेश सांसदको शपथ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हिमा बस्नेतले लिइन प्रदेश सांसदको शपथ


२१ असार २०७९, मंगलबार


विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनीत हिमा बस्नेत भट्टराईले शपथ ग्रहण गरेकी छन् ।

अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् ।

उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो ।

आज (मंगलबार) उनले प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत शपथग्रहण गरेकी हुन् । प्रदेश सभाको कार्यकाल करिब चार महिना बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस