अखिल क्रान्तिकारीले बनायो १ सय ९७ सदस्यीय समानान्तर समिति (सूचीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अखिल क्रान्तिकारीले बनायो १ सय ९७ सदस्यीय समानान्तर समिति (सूचीसहित)


२१ असार २०७९, मंगलबार


काठमाडौँ । प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रीय समितिको पूर्ण बैठक चलिरहँदा सोही पार्टीको भातृ सङ्गठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समूहले भने समानान्तर समितिलाई पूर्णता दिएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान विपरीत पदाधिकारी चयन देखी केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै लामो समय देखी असन्तुष्ट कार्की समूहले अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिविधिमार्फत पूर्णता दिएको हो ।

सो समूहले १ सय ९७ सदस्य केन्द्रीय आयोजक समिति गठन गर्दै प्रदेश १ मा भरत घिमिरे, मधेस प्रदेशमा शिवराज धमला, बाग्मती प्रदेशमा सुरजसिंह ठकुरी, गण्डकी प्रदेशमा विकास भट्टराई, लुम्बिनी प्रदेशमा विनोद बराल, कर्णाली प्रदेशमा पदम नेपाली, सुदूरपश्चिममा सिके भट्ट र विशेष प्रदेशमा सञ्जीव कार्कीलाई इन्चार्ज संयोजक तोकेको छ ।

सो समूहका उपदेश यादवका अनुसार झन्डै २ दर्जन केन्द्रीय विभागमा पनि इन्चार्ज र सह-इन्चार्ज तोकिएका छन् । आगामी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने यादवले जानकारी दिएका छन् ।

यस्तो छ समानान्तर समिति !

Tags :
प्रतिक्रिया दिनुहोस