एकै दिनमा सङ्क्रमितको सङ्ख्या सोह्र हजार भन्दा बढी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एकै दिनमा सङ्क्रमितको सङ्ख्या सोह्र हजार भन्दा बढी


२० असार २०७९, सोमबार


नयाँ दिल्ली । आइतबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १६ हजार १३५ सङ्क्रमित भएका छन् ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख १८ हजार ५६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

चौबिस घण्टाको समयावधिमा कोरोना सङ्क्रमणमा २४ को मृत्यु भएको थियो । कोरोना सुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २५ हजार २२३ को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख तेह्र हजार ८६४ सक्रिय सङ्क्रमित रहेका छन् । गत केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा भएको छ ।

पछिल्लो एक दिनमा १३ हजार ९५८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ७९ हजार ४७७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८।६१ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको छ ।

यहाँ कोरोना सङ्क्रमण सुरु भएबाट हालसम्म ८६ करोड १० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस