नेप्सेमा उतारचढाव : २१४७ अङ्कसम्म पुगेको नेप्से अन्त्यमा ओर्लियो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेप्सेमा उतारचढाव : २१४७ अङ्कसम्म पुगेको नेप्से अन्त्यमा ओर्लियो


२० असार २०७९, सोमबार


काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्सेमा उतारचढाव देखिएको छ । २०९५ अङ्कबाट खुलेको बजार १:०७ बजे २१४७ अङ्कसम्म पुग्यो ।

त्यसपछि केही बेर उतारचढाव रहेको नेप्से १:४० बजेपछि ओर्लिन थाल्यो । अन्तत: अघिल्लो दिनको तुलनामा नेप्से ९.७५ अङ्कले घटेर २०७६ अङ्कमा बन्द भयो ।

नेप्से घटे पनि कारोबार रकमले छलाङ मारेको छ । कुल ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो । यो आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो । आइतबार २ अर्ब ४८ करोडको कारोबार भएको थियो ।

कुल ७१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । बैङ्किङ १, विकास बैङ्क ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन ४५, माइक्रोफाइनान्स ६० र अन्य उपसमूह २७ अङ्क घटे ।

व्यापार १०४, निर्जीवन बीमा ४८ र जीवन बीमा ५५ अङ्क बढे । सीवाईसी लघुवित्त र ङादी ग्रुपको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको मूल्य ७.७ र एसटीसीको मूल्य ६.८ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली र माथिल्लो तामाकोसी क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस