२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा ‘कबड्डी ४’को उत्साहजनक ओपनिङ

अ+ अ-

काठमाडौँ । शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ ।

शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित अन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो ।

पहिलोपटक त्यहाँको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन पीभीआरले नेपाली फिल्मलाई प्रदर्शनमा ल्याएको हो । पीभीआरले मुम्बई र दिल्लीसहित अन्य मुख्य सहरमा समेत ‘कबड्डी ४’ रिलिज गरेको छ । नेपालीभाषीको बसोबास भएका मुख्य सहरमा समेत ओपनिङ राम्रो देखिएको छ ।

‘फिल्मको भारत ओपनिङले नेपाली फिल्मलाई नयाँ बाटो देखाएको छ,’ निर्माता मणिराम पोखरेलले भने, ‘यो मुलुककै लागि खुसीको कुरा हो ।’

सिक्किम सरकारले भने ‘कबड्डी ४’को प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । तर चाँडै त्यहाँ पनि प्रदर्शन हुने आशा निर्माता पोखरेलले व्यक्त गरे । ‘कबड्डी ४’को सबैभन्दा धेरै लाइफटाइम कलेक्सन उत्तर अमेरिकामा हुने अपेक्षा छ ।

त्यहाँ ४ करोड रुपैयाँ बराबरको ग्रस कलेक्सन हुने अपेक्षा छ । निर्माताले २ करोड निश्चित मूल्यमा विदेशमा राइट बिक्री गरे पनि फिल्मको विदेश प्रदर्शनबाट १० करोड रुपैयाँभन्दा बढी कमाइ हुने प्रक्षेपण छ ।

अझै पनि अस्ट्रेलिया र अमेरिकामा ‘कबड्डी ४’ले हल होल्ड गर्दा अन्य नेपाली फिल्म प्रदर्शन हुन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस