एमालेले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, सात उपाध्यक्षलाई जिम्मेवारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमालेले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, सात उपाध्यक्षलाई जिम्मेवारी


१९ असार २०७९, आइतबार


काठमाडौँ । आम निर्वाचनअघि नै नेकपा एमालेले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आज (आइतबार) भएको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षण कार्यक्रम संयोजनका लागि सात जना उपाध्यक्षलाई खटाउने निर्णय गरेको छ ।

‘वैचारिक तथा राजनीतिक प्रशिक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौँ । त्यसका लागि पार्टीको सात उपाध्यक्षलाई जिम्मेवारी तोकेका छौँ’, प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने ।

एमालेले प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, वाग्मती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवास नेम्वाङ, कर्णाली प्रदेशमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवालीले संयोजन गर्ने निर्णय भएको छ ।

प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक प्रशिक्षण, निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिहरुलाई काममा सहजीकरणको विषय, महँगीलगायत विषयमा संगठनहरुको परिचालन, प्राकृतिक विपदमा पार्टीको स्वयंसेवी संस्थाहरुलाई तयारी अवस्थामा राख्ने, अनुशासन र लेखालगायत विषयमा पनि प्रशिक्षण दिने एमालेले निर्णय गरेको छ ।

‘प्रशिक्षण कार्यक्रम प्रदेश, जिल्ला हुनेछ । केन्द्रमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर उनीहरुलाई पठाइने छ’, गुरुङले भने, प्रदेशमा पनि त्यस्तै प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस