२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस गठबन्धनप्रति इमानदार र गम्भीर देखिएन : माओवादी केन्द्र (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा नेपाली काँग्रेस इमानदार र गम्भीर नभएको समीक्षा गरेको छ ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रमा जस्तो समझदारी स्थानीय तहमा हुन नसकेको जनाएको छ ।

‘सरकारमा सहभागी दलहरुबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जनस्तरको समझदारी र आवश्यकताको महसुस थियो, त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन, प्रतिवेदनमा भनिएको छ, खासगरी नेपाली काँग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन ।’

स्थानीय तह चुनावपछि पहिलो पटक आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ । त्यसैगरी काँग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने नीति लिएको बताइएको छ ।

‘हामी (माओवादी) र गठबन्धनका दलहरु भएको स्थानमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर (काँग्रेस) भएको स्थान ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा बागी उम्मेदवार खडा गर्ने अघोषित नीति लिएको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।

काँग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्नो उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको पाइयो लेखिएको छ ।

दाहालको प्रतिवेदनमा नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक हैसियतभन्दा बढी सिट दाबी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र कतिपय स्थानमा पराजित भएको जनाएको छ ।

जनता समाजवादी पार्टी आफ्नो आधारमा बलियो भएको तराई मधेसका स्थानमा गठबन्धनप्रति अनिच्छुक रहेको पाइयो प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस