एसपीपीमा सहभागी नहुने विषयमा पत्राचार भईनसकेको परराष्ट्रको भनाइ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसपीपीमा सहभागी नहुने विषयमा पत्राचार भईनसकेको परराष्ट्रको भनाइ


१९ असार २०७९, आइतबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकासँग पत्राचार भईनसकेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले यस विषयमा अध्ययन भइरहेको बताइन् ।

‘पहिले हामीबाट पत्राचार भएको होइन । यस बारेमा अध्ययन भइरहेको छ। उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौँ, ढुक्क हुनुहोस्, लम्सालले भनिन्, एसपीपीको विषयमा सरकारले गरेको निर्णय प्राप्त भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस