प्रदेश १ मा आज विनियोजन विधेयक पारित हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेश १ मा आज विनियोजन विधेयक पारित हुँदै


१९ असार २०७९, आइतबार


काठमाडौँ । प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरू र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ ।

शनिबारको संसद बैठक झण्डै ५ घण्टा लामो चलेको थियो । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले दिएका थिए ।

सरकारको जवाफपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराउन आज १२ बजेसम्मको लागि सभामुख प्रदिपकुमार भण्डारीले समय प्रदान गरेका छन् ।

खर्च कटौतीको प्रस्ताव पेस भएर त्यसलाई निर्णयार्थ पेस गरेपछि विनियोजन विधेयक निर्णयार्थ प्रदेशसभामा पेस हुनेछ । आज १ बजेको लागि बैठक तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस