ईश्वर पोखरेल निर्वाचित भएको काठमाडौँ ५ बाट रञ्जु दर्शना चुनाव लड्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ईश्वर पोखरेल निर्वाचित भएको काठमाडौँ ५ बाट रञ्जु दर्शना चुनाव लड्ने


१९ असार २०७९, आइतबार


काठमाडौँ। रञ्जु दर्शनाले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी छन् ।

रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्ट्याटस राख्दै काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हषिर्त भएको उल्लेख गरेकी छन् ।

जसपा अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छिन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । सोही क्षेत्रबाट नेपाली काँग्रेसका नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापालगायतका उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा काठमाडौँ महानगरपालिकाका वडा नम्बर २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नम्बर २, ३, ४, ५, ६ र ७ पर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस