निजगढ विमानस्थल मुलुकको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने योजना : प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निजगढ विमानस्थल मुलुकको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने योजना : प्रचण्ड


१८ असार २०७९, शनिबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको अर्थतन्त्रलाई गुणात्मक परिवर्तन ल्याउने योजना भएको बताएका छन् ।

निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छुट्याइएको क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू शनिबार बिहान बारा पुगेका थिए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धेरै छलफल र अध्ययनपछि छनोट गरिएको दाहालको भनाइ थियो । उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ३ अर्ब लगानी भइसकेको पनि बताए ।

प्रधानमन्त्री देउवाले निजगढमा तत्कालका लागि २ रनवे रहेको विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन अधिकारीहरूलाई निर्देशन दिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस