एमाले महासचिव शंकर पोखरेल बझाङ जाने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले महासचिव शंकर पोखरेल बझाङ जाने


१८ असार २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल अगामी मंगलबार बझाङ जाने भएका छन् ।

बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल बझाङ जाने एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए ।

महासचिव पोख्रेल सहित जिल्ला अधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरूको उपस्थिति हुने जनाइएको छ ।

आगामी २२ गते हुने जिल्ला अधिवेशनका लागि महासचिव पोख्रेल २१ गते बझाङ पुग्ने भएका छन् । २२ गते उद्घाटन गर्ने र २३ गते नयाँ नेतृत्व चयन गरिने जनाइएको छ । महासचिव पोखरेल त्यसपछि मात्रै काठमाडौं फर्किने कार्यक्रम रहेको केन्द्रीय सदस्य महरले जानकारी दिए ।

महासचिव निर्वाचित भएपछि पहिलो पटक पोख्रेल बझाङ जान लागेका हुन् । यस अघि चैत्र २८ गते एमाले अध्यक्ष केपी ओली पनि बझाङ पुगेका थिए ।

एमालेका शीर्ष नेताहरूलाई जिल्लामा ल्याएर बझाङका समस्या र सम्भावना पनि उजागर गर्न खोजेको महरले बताए । उनकै पहलमा महासचिव पोख्रेल बझाङ जान लागेका हुन् ।

एमालेले अघिल्लो वर्ष पुस २३ गते देशै भरी एकै दिन जिल्ला अधिवेशन आयोजना गरेको थियो । उक्त दिन सुदूरपश्चिम प्रदेशको बझाङ बाहेक सबै जिल्लामा अधिवेशन सम्पन्न भएको थियो । बझाङमा मौसम खराब भएका कारण उक्त लिन अधिवेशन हुन सकेको थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस