अभ्यास खेलमा नेपालले क्यानडाको ओन्टारियो क्लबलाई ६९ रनले हरायो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अभ्यास खेलमा नेपालले क्यानडाको ओन्टारियो क्लबलाई ६९ रनले हरायो


१८ असार २०७९, शनिबार


काठमाडौँ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई हराएको छ ।

खेलमा नेपाल ६९ रनले विजयी भएको हो । किङ्ग सिटीमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो ।

जितका लागि २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा १ सय ५१ रनमा अलआउट भयो । नेपालका विनोद भण्डारीले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आसिफ शेखले ४२ रन जोडे । बसिर अहमदले २४ रन जोडे । घरेलु टोलीका शील पटेलले ३ विकेट लिए ।

ओन्टारियोका रियाज खान पठानले सर्वाधिक ३६ रन जोडे । नेपालका पवन सरार्फले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले, आरिफ शेख र किशोर महतोले समान २-२ विकेट लिए । नेपाल र क्यानडाबीच असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ ।

क्यानडामा दुई एक दिवसीयपछि नेपाली टोली स्कटल्यान्ड जानेछ । त्यहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुने छ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक खेलमा बराबरीकासाथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस