अमेरिकी रक्षा अधिकारीहरूसँग प्रधानसेनापति शर्माको भेटवार्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अमेरिकी रक्षा अधिकारीहरूसँग प्रधानसेनापति शर्माको भेटवार्ता


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याक कन्भिलसँग शिष्टाचार भेट गरेका छन् ।

त्यस्तै मंगलबार अमेरिकी सेनाका उपप्रमुख एड्माइरल क्रिस्टोफर डब्ल्यू ग्रेडीसँग भेट गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यस्तै उनले दक्षिण र पूर्वी एसिया मामिला हेर्ने रक्षा मन्त्रालयकी उप सहायक सचिव लिन्डसे डब्लू फोर्डसँग पनि भेट गरेका छन्।

भेटको क्रममा नेपाल र अमेरिकाबीच सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच पारस्परिक सम्बन्ध एवं हितका विषयहरूमा छलफल तथा विमर्श भएको थियो ।

साथै, सेनापति शर्माको टोलीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालय भ्रमण गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस