२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्म परिवर्तनको डढेलोले देशलाई नै सङ्कटमा पार्छ : थापा

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले धर्म परिवर्तनको डढेलोले सिङ्गो देशलाई नै ग्रस्त पारिरहेको टिप्पणी गरेका छन् ।

एकातिर बाह्य शक्तिको प्रभाव र अर्कोतिर धर्म परिवर्तनको डढेलोले सिङ्गो मुलुक नै सङ्कटमा पर्ने उनको दाबी छ ।

पार्टीको अन्तरक्रिया कार्यक्रममा सुर्खेत आएका उनले आज (शुक्रबार) बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भने, ‘धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन । विश्वमा सबैभन्दा धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । यसलाई नियन्त्रण नगर्ने हो भने केही वर्षमै नेपालको परम्परागत धार्मिक समुदायहरू अल्पमतमा पर्न सक्ने खतरा छ ।’

अध्यक्ष थापाले किरात र बुद्धिस्टहरू खतरामा रहेको बताउँदै हिन्दु धर्ममाथि पनि नकारात्मक खतरा भइरहेको बताए ।

‘म सरकारसँग माग गर्दछु, यसलाई रोकौँ,’ उनले भने, ‘अहिलेसम्म लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान दिएको छैन । करोडौँ लगानी गरेर धर्म परिवर्तनका कार्यहरु भइरहेका छन् । धर्म संस्कृतिको जगेर्ना गरेर, परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिन्छ । यही नै उपयुक्त हो भन्ने राप्रपा नेपालको बाटो हो ।’

थापाले आफ्नो पार्टीले थालेको अभियान र समग्र राष्ट्रिय राजनीतिको गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले भने,‘राप्रपा नेपाल कुनै पार्टीबाट फुटेर, विभाजन भएर जन्मिएको होइन, वैकल्पिक मार्गचित्र अङ्गालेर स्थापना आएको हो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने मान्यता राप्रपा नेपालले लिएको छ ।’

उनले तत्कालीन नेकपालाई जनताले दुई दुई तिहाइ बहुमत दिए पनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न नसकेको भन्दै अहिले परमादेशबाट सरकार चलेको भन्दै आपत्ति जनाए ।

महाधिवेशनमा पराजित भएपछि कमल थापाले पार्टी विभाजन गर्‍यो भन्ने कुरा यथार्थमा आधारित नभएको बताए । उनले भने, ‘राजनीतिक परिवर्तन आर्थिक परिवर्तनबिना अधुरो हुन्छ । राजनीतिक परिवर्तनले जनताको अवस्थामा सुधार ल्याउन सक्दैन । त्यसको कुनै औचित्य छैन ।’

साथै अध्यक्ष थापाले वर्तमान अवस्थाको सङ्घीयताको मोडल सही नभएको तर्क गरे । उनले भने, ‘सङ्घीयताको वर्तमान स्वरूपमा परिवर्तन गरेर स्थानीय सरकारलाई बलियो बनाई दुई तहको सङ्घीयता कायम राखिनुपर्छ ।’

थापाले राजसंस्था पुनर्स्थापना हुन नसक्ने भएकाले जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिँडेको बताए । उनले प्रदेश संरचनाको कुनै औचित्य नभएको पनि दाबी गरे । थापा राप्रपा नेपाल सुरु गरेको अभियानका क्रममा सुर्खेत आएका हुन् ।

प्रतिक्रिया दिनुहोस