२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि : विश्व स्वास्थ्य सङ्गठन

अ+ अ-

जेनेभा । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गए पनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि सङ्क्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् ।

‘महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,’ डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भने ।

विश्वभरिको तथ्याङ्क हेर्दा अहिले औसतमा २० प्रतिशत सङ्क्रमण वृद्धि भएको पनि उनले जानकारी दिए ।

डब्लुएचओले सबै देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ ।

पछिल्लो १८ महिनामा विश्वभरि १२ अर्ब खोप वितरण गरिएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । अन्य कतिपय देशले आर्थिक समस्याका कारण खोपको सङ्ख्या त्यो तहसम्म पुर्‍याउन सकेका छैनन्,’ उनले भने ।

न्यून आय भएका देशहरूलाई डब्लुएचओ लगायतका कतिपय सहयोगी संस्था तथा निकायको सहयोगमा केही खोप उपलब्ध गराइएको पनि उनले बताए ।