विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि : विश्व स्वास्थ्य सङ्गठन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि : विश्व स्वास्थ्य सङ्गठन


१७ असार २०७९, शुक्रबार


जेनेभा । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गए पनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि सङ्क्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् ।

‘महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,’ डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भने ।

विश्वभरिको तथ्याङ्क हेर्दा अहिले औसतमा २० प्रतिशत सङ्क्रमण वृद्धि भएको पनि उनले जानकारी दिए ।

डब्लुएचओले सबै देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ ।

पछिल्लो १८ महिनामा विश्वभरि १२ अर्ब खोप वितरण गरिएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । अन्य कतिपय देशले आर्थिक समस्याका कारण खोपको सङ्ख्या त्यो तहसम्म पुर्‍याउन सकेका छैनन्,’ उनले भने ।

न्यून आय भएका देशहरूलाई डब्लुएचओ लगायतका कतिपय सहयोगी संस्था तथा निकायको सहयोगमा केही खोप उपलब्ध गराइएको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस