२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपेन्द्र र बाबुराम सौहार्दपूर्ण तरिकाले छुट्टिन तयार, यस्ता छन् आन्तरिक सहमति

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ। पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव सौहार्दपूर्ण तरिकाले छुट्टिन तयार भएपछि जसपा फुट्ने लगभग निश्चित भएको छ।

बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो। उक्त छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेकाले सहमतिकै आधारमा छुट्टिने प्रस्ताव यादवलाई राखेका थिए। भट्टराईको प्रस्ताव मान्न यादव पनि तयार भएको जसपाका कार्यकारिणी सदस्य युवराज कार्कीले बताए।

‘एकले अर्कालाई कारबाही नगरी सहमतिकै आधारमा सौहार्दपूर्ण तरिकाले छुट्टिऔँ भन्ने उहाँको प्रस्ताव छ,’ कार्कीले भने, ‘एकले अर्काले गद्दार र विभाजनकारीको आरोप लगाउनुभन्दा भोलिका लागि सहमतिको ढोका खुलै राख्न दुवै अध्यक्ष तयार भएका छन्।’

स्रोतका अनुसार दुई अध्यक्ष सांसदहरूलाई समेत पार्टी रोज्न दिने कुरामा सहमत भएका छन्।

भट्टराईनिकट सांसद एवं जसपा कार्यकारिणी सदस्य अमृता अग्रहरीले पनि सहमतिमा छुट्टिन दुई अध्यक्ष तयार भएको आफूले सुनेको बताइन्।

पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको थियो।

पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको भट्टराईको आरोप थियो। उनले पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न माग गरेका थिए। त्यसका लागि यादव तयार भएनन्। गत वर्ष भदौमा जसपा विभाजन भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि ठाकुरको पद जसपामा खालि थियो। यादवमाथि भट्टराईले दबाब बढाउँदै जाँदा उनी झन्डै बहुमतनजिक पुगेका थिए। तर यादवलाई हटाउन नसके विभाजनका लागि समेत तयार हुनुपर्ने भट्टराईको प्रस्तावपछि उनलाई साथ दिएका धेरै नेताहरू पछि हटेको स्रोतको दाबी छ।

यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो। एकता भएपछि संघीय समाजवादी पार्टी बनेको थियो। संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो।

प्रतिक्रिया दिनुहोस