काँग्रेस उपसभापति गुरुङ ठूलो दुर्घटनाबाट जोगिए « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काँग्रेस उपसभापति गुरुङ ठूलो दुर्घटनाबाट जोगिए


१६ असार २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।

गुरुङ सवार बा १९ च १८३९ नम्बरको बोलेरो गाडी रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुङ्गाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिएका छन् । उनले आफू सकुशल रहेको जानकारी पनि दिएका छन् ।

उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो १ रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुङ्गाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस