फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान « प्रशासन
Logo २७ श्रावण २०७९, शुक्रबार
   

फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान


१६ असार २०७९, बिहिबार


काठमाडौँ । विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने ‘अमेरिका कन्भेन्सन (एनएसी’ फुटबल प्रतियोगिता खेल्न बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ । पाचौं संस्करणको एनएसी प्रतियोगिता खेल्न दुबै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन ।

भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन् । हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस