६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब


१६ असार २०७९, बिहिबार


काठमाडौँ । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरूको माग र सत्ता सहयात्री दलको दाबी अनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ ।

माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दबाबमा परेको स्रोतको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस