गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : ओली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : ओली


१५ असार २०७९, बुधबार


भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घले १९ औँ धान दिवसका अवसरमा आज भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उनले अहिले हामी आफैँले गर्दै आएको लापर्बाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यवसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए ।

नेपालका ६० प्रतिशत मानिस कृषि पेसामा रहेर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको भन्दै उनले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताए । प्लटिङ सिस्टमका कारण जथाभावी बस्ती बसालिएको भन्दै उनले कहाँ बस्ती राख्ने, कहाँ खेती गर्ने, कहाँ उद्योग स्थापना गर्ने भन्ने नै गोलमाल भइराखेको बताए ।

नेपालको भूबनोट र हावापनीअनुसार नेपालमा धानबालीको लागि अति उपयुक्त देश भएको बताउँदै उनले धान, गहुँजस्ता अन्नबाली निर्यात गर्ने अवस्थालाई सुधार गर्न सकिने बताए । कार्यक्रममा उनले मेसिनबाट धान रोपे पत्नी राधिका शाक्यसँगै मेसिनमा बसेर उनले खेतमा मेसिन गुडाउँदै धान रोपाइँ गरेका हुन् ।

कार्यक्रममा महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले नेपालमा बर्सेनि ४३ अर्बको धान र चामल आयात हुने गरेको बताउँदै १५ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा ६५ लाख मेट्रिक टन धान नेपालले उत्पादन गर्नसके धानमा आत्मनिर्भर हुने बताए ।

कार्यक्रममा नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले असार १५ बितिसक्दा पनि सरकारले किसानलाई मल दिन नसक्दा धान उत्पादनमा ह्रास आउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस