२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा २० प्रतिशत रोपाइँ

अ+ अ-

गलकोट । बागलुङमा मध्य असारसम्म जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष मनसुन छिट्टै सक्रिय भएका कारण छिटो रोपाइँ सुरु भएकाले बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको जनाएको छ ।

किसानले पानी परेपछि अहिले धमाधम धान रोपाइँ गरेका कारण असार मसान्तसम्म ६० प्रतिशत रोपाइँ सकिने ज्ञान केन्द्रले जनाएको छ । अहिले किसान धमाधम धान रोपाइँमा व्यस्त रहेका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख भनुभक्त भट्टराईका अनुसार गलकोट लगायतका क्षेत्रमा असार अघि नै धान रोप्ने गरे पनि मकै लगाएको अधिकांश क्षेत्रमा ढिलो रोपाइँ गर्ने गरिएको बताए ।

‘धानखेतीका लागि राम्रो जग्गा मानिने गलकोट आसपासमा अधिकांश रेपाइँ सकिएको छ, तर चैते धान हुने बागलुङ नगर क्षेत्र र मकै उत्पादन हुने जैमिनी आसपासको क्षेत्रमा धान रोप्न बाँकी रहेको छ, बागलुङमा ढिलो नै रोपाइँ हुन्छ, अहिले धमाधम रोपाइँ चलिरहेको छ, किसानले मल अभावमै खेत रोपाइँ सुरु गरेका हुन्’, उनले भने ।

बागलुङमा मुख्य बालीका रुपमा रहेको धान खेती छ हजार १२२ हेक्टर जमिनमा हुने गरेको छ । त्यसमध्ये मध्य असारसम्म एक हजार २०० हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको तल्लो भागमा दुई पटक धानखेती हुन्छ । किसानलाई अहिले चैते धान भित्र्याउनसमेत चटारो छ ।

जिल्लाका अधिकांश धानखेती हुने स्थानमा सिँचाइको व्यवस्था छैन । सिँचाइ नपुगेको स्थानमा किसानले मूलफुटेपछि मात्रै रोपाइँ गर्ने गरेका छन् । जिल्लामा विशेष गरी स्थानीय जातसँगै खुमल ४, जेठो बुढो, लुम्ले २, गुडुरो र झिनुवालगायतका धान खेती हुँदै आएको छ ।

बागलुङको बलेवास्थित दम्का फाँट, गलकोट, रेश, मूलपानी, सिगाना र जैमिनी लगायतका क्षेत्रमा बढी मात्र धानखेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस