कोलम्बिया जेल दङ्गा: एकाउन्न जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोलम्बिया जेल दङ्गा: एकाउन्न जनाको मृत्यु


१५ असार २०७९, बुधबार


बोगोटा । पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छ भने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

आपसी झगडाको क्रममा एक जना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो ।

कोलम्बियाका अधिकांश जेलमा कैदीको भिडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।

कारागारका कर्मचारीले गद्दाबाट फैलिएको आगो निभाउने प्रयत्न गरेका थिए तर त्यो विशालरूपमा फैलिएकाले उनीहरूले अग्नि नियन्त्रकहरूको आगमनको प्रतीक्षा गर्नुपरेको थियो । कोलम्बिया र आसपासका मुलुकका जेलमा घातक दङ्गा हुनु अनौठो होइन ।

सन् २०२० को मार्चमा बोगोटाको पिकोटा पेनिटेनियरीमा भएको दङ्गामा २४ कैदीको ज्यान गएको थियो । उनीहरूले कोभिड–१९ विरुद्ध कारागार प्रशासनले अघि सारेका सुरक्षात्मक उपायको विरोध गर्दा दङ्गा भएको थियो ।

अघिल्लो वर्ष ब्राजिलको जेलमा भएको घातक दङ्गामा ५० जनाभन्दा बढी मारिएका थिए भने १६ जनाको शिरच्छेदन गरिएको थियो । सन् २०१८ मा भेनेज्वेलाको एउटा कारागारमा अग्निदङ्गा हुँदा कैयौँ हताहत भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस