पार्टीका मन्त्रीहरुलाई माधव नेपालले दिए प्रशिक्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पार्टीका मन्त्रीहरुलाई माधव नेपालले दिए प्रशिक्षण


१५ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् ।

दुई दिनअघि मन्त्रीको शपथ दिएका पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन् ।

पार्टी कार्यालय तीनकुनेमा एक घण्टादेखि नेपालले नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिइरहेको एक नेताले जानकारी दिए । मन्त्री भएपछि के गर्ने के नगर्ने भनेर उनले प्रशिक्षण दिइरहेका छन् । यसअघि मन्त्री भएकालाई पनि मन्त्री हुनेबित्तिकै नेपालले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका साथै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस