काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ १२ पैसा र बिक्री दर १५४ रुपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४० पैसा र बिक्री दर ३४ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विनिमय दर !

