बुढीगंगामा पुन: मतदान रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुढीगंगामा पुन: मतदान रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार


१४ असार २०७९, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न माग गरेर परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

मङ्गलवार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानलाई आधिकारिकता दिन माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

वैशाख ३० मा भएको निर्वाचनमा धाँधली भएको देखिएपछि निर्वाचन आयोगले बुढीगंगामा असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको छ । सोही निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।

सर्वोच्च अदालतको आदेशसँग अब असार २३ गते निर्वाचन गर्ने बाटो खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस