बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ


१४ असार २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । बैङ्किङ कसुरमा मुद्दामा दोषी ठहर भई फरार रहेका रामेछापका ४३ वर्षीय विनोद घिसिङ पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मङ्गलवार काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको हो ।

उनी विरुद्ध परेको बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत पुस २७ गते एक करोड दुई लाख पचास हजार रुपैयाँ जरिवानासहित २१ दिन कैदको सजाय तोकेको थियो ।

फरार रहेका घिसिङलाई अदालतको फैसलाबमोजिम पक्राउ गरी फैसला कार्यान्वयनका लागि मङ्गलवारै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

रामेछापको सुनप‍ति गाउँपालिका स्थायी घर भई हाल जोरपाटी बस्दै आएका घिसिङले मेघा बैङ्क लिमिटेड बौद्ध शाखामा रहेको आफ्नो खातामा नगद मौज्दात नभएको जानी(जानी विभिन्न व्यक्तिहरूलाई चेक दिएर झुक्याएका थिए ।

उनी विरुद्ध तीन जनाले जाहेरी दिएका थिए । अदालतले उनलाई बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा कैद र सजाय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस