गायक घर्तीले पाए विविध भाषिक सङ्गीत सम्मान जुरी अवार्ड २०७८ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायक घर्तीले पाए विविध भाषिक सङ्गीत सम्मान जुरी अवार्ड २०७८


१४ असार २०७९, मंगलबार


काठमाडौँ । दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड विविध भाषिक सङ्गीत सम्मान २०७८ लोक दोहोरी तर्फ ‘गर्मी बढ्यो’ गीत बाट जुरी अवार्ड गायक प्रेम विवश घर्तीले जितेका छन् ।

ब्राण्डरुट इन्टरटेन्मेन्ट प्रा।ली। काठमाडौँको आयोजनामा असार १२ गते राष्ट्रिय नाचघर जमल काठमाडौँमा भव्यताकासाथ अवार्ड कार्यक्रम गायक घर्तीले उक्त अवार्ड हात पार्न सफल भएका हुन ।

ब्राण्डरुट इन्टर्टेनमेन्ट का कानुनी सल्लाहकार शशि शर्मा मज्गैयाको अध्यक्षता तथा माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता र वरिष्ठ गीतकार सुरेश अधिकारी को विशिष्ट आतिथ्यतामा भएको दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्डमा राष्ट्रिय गीत तर्फ प्रकाश सपुतले अवार्ड जितेका थिए भने लाइफ टाइम अचिभमेन्टबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ गायक अमर विरही गुरुङ सम्मानित भएका थिए ।

त्यस्तै वर्ष उत्कृष्ट पत्रकार को तर्फ बाट नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल , डिजिटल प्रविधि सम्मान राजेन्द्र अर्याल ,दशकौँ स्रष्टा सम्मान करण न्यौपाने सम्मानित भएका थिए ।

लोक दोहोरी गीत, चलचित्रका गीत,गायक गायिका,म्युजिक भिडियो,शब्द,सङ्गीत, मोडल,निर्देशक लगायत विभिन्न ४४ विद्यामा अवार्ड वितरण भएको थियो भने गायक घर्तीले यस अघि पनि हाम्रो नेपाल राम्रो नेपाल राष्ट्रिय गीत बाट सुन्दरादेवी म्युजिक अवार्ड २०७५ प्राप्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस