स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा दुईजनाको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा दुईजनाको नाम सिफारिस


१४ असार २०७९, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह) मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ ।

स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार बढुवा समतिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि डा.टंकप्रसाद बराकोटी र डा.संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो ।

मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिले पहिलो नम्बरमा डा. बराकोटी तथा दोस्रो नम्बरमा डा. मिश्राको नाम सिफारिस गरेको छ ।

स्वास्थ्यमा अहिले १२औँ तहको एउटा पद रिक्त छ । उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीको स्थान खाली छ । सो स्थानमा बढुवा लागि मन्त्रालयले गत ६ चैतमै सूचना निकालेको थियो ।

सिफारिसमा पर्ने डा. बराकोटी मेची अस्पताल र डा. मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा कार्यरत छन् । प्रमुख विशेषज्ञ (१२औँ तह) मा बढुवामार्फत मात्र पदपूर्ति हुने व्यवस्था छ ।

११औँ तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञहरू १२औँ तहमा बढुवाका लागि योग्य हुन्छन् । बढुवा कार्यक्षमता मूल्याङ्कनका आधारमा हुने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस