विराटनगरका बस्तीमा बाढी पस्दा, २५ परिवार विस्थापित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विराटनगरका बस्तीमा बाढी पस्दा, २५ परिवार विस्थापित


१४ असार २०७९, मंगलबार


काठमाडौँ । अविरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।

मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।

सिंघियाको बाढीका कारण कटहरी १ र विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।

स्थानीय सुभाष कामतका अनुसार बाढीले बस्ती छोएपछि स्थानीयबासिन्दाले अन्यत्र सर्ने तयारी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस