रुसले थप ४३ क्यानेडियालीलाई कालो सूचीमा राख्ने « प्रशासन
Logo २ भाद्र २०७९, बिहिबार
   

रुसले थप ४३ क्यानेडियालीलाई कालो सूचीमा राख्ने


१४ असार २०७९, मंगलबार


मस्को । युक्रेनमा रुसले आक्रमण गरेको आरोपमा ओटावाले लगाएको प्रतिबन्धको जवाफमा रुसले सोमबार थप ४३ जना क्यानेडियालीलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

रुसी विदेश मंत्रालयद्वारा प्रकाशित नयाँ कालो सूचीमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीका नेता सुजान कावन र क्यानेडियाली तथा बेलायती केन्द्रीय बैङ्कका पूर्व गभर्नर मार्क कार्नी समावेश रहेका छन् ।

रुसले वरिष्ठ निजामती कर्मचारी, उच्च अधिकारीका राजनीतिक सल्लाहकार र नागरिक समाजका सदस्यहरूलाई पनि दण्डित गरिएको जनाएको छ ।

मस्कोको विदेश मन्त्रालयले ट्रुडो सरकारको ‘रूसोफोबिया’को आलोचना गरेको छ ।

युक्रेनमा आफ्नो आक्रमणको सुरुवातदेखि नै रुसले आफ्नो इलाकामा प्रवेश गर्न सोमबार घोषणा गरिएकालगायत ७०० भन्दा बढी क्यानेडियालीहरूलाई प्रतिबन्ध लगाएको छ ।

मे महिनामा क्रेमलिनले क्यानेडियाली राष्ट्रिय सार्वजनिक प्रसारक सीबीसी÷रेडियो–क्यानडाको मस्को कार्यालय बन्द गरी आफ्ना पत्रकारको भिसा र मान्यता पास रद्द गरेको थियो ।

यो कदम मार्चमा रुसी राज्य सञ्चालित सञ्चारमाध्यम आरटीमा प्रतिबन्ध लगाउने क्यानडाको निर्णयको बदलामा भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस