आइजिपी विवादको मुद्दा हेर्दाहेर्दैमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइजिपी विवादको मुद्दा हेर्दाहेर्दैमा


१३ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ तेस्रो पटक हेर्दाहेर्दैमा राखिएको छ ।

अर्को पेशी असार १९ गते राखिएको छ ।

यसअघि जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राख्दै असार ५ गतेका लागि पेशी तोकिएको थियो ।

त्यस दिन पनि बहस नसकिएपछि अर्को पेशी सोमबारका लागि तोकिएको थियो ।

आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै विश्वराज पोखरेलले रिट दर्ता गरेका थिए ।

सोमबार सरकार पक्षबाट सरकारी वकिलले बहस सके पनि निजी कानुन व्यवसायीहरुको बहस हुन सकेन ।

Tags :
प्रतिक्रिया दिनुहोस