नेप्सेमा २३ अङ्कको गिरावट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेप्सेमा २३ अङ्कको गिरावट


१३ असार २०७९, सोमबार


काठमाडौँ । आइतबार ९४.९२ अङ्कले बढेको सेयर बजारको वृद्धि एक दिन पनि नटिकी पुनः ओरालो लागेको छ ।

सोमबार बजार परिसूचक २३.८५ अङ्कले घटेर १९३३.१३ को बिन्दुमा झरेको छ ।

कुल २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा सोमबार जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।

सोमबार ४३ हजार १२२ कारोबार मार्फत ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम आइतबारको भन्दा घटेर २ अर्ब ४ करोड ४८ लाखमा सीमित भएको छ ।

कारोबारमा आएका १३ मध्ये लगानी र लाइफ इन्स्योरेन्सबाहेकका सबै उपसमूह राताम्मे रह्यो ।

दोस्रो बजारमा सीवाईसी नेपाल लघुवित्त, ङ्यादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ता धेरै कमाउनेमा दरिए । यस्तै बजारमा धेरै गुमाउनेमा उन्नति सहकार्य लघुवित्त, प्राइम डिबेञ्चर र तेह्रथुम पावर कम्पनी लगायत रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस