माननीय छँदै छु अर्को मन्त्री हुन सकिएला : श्रेष्ठ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माननीय छँदै छु अर्को मन्त्री हुन सकिएला : श्रेष्ठ


१३ असार २०७९, सोमबार


काठमाडौँ । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने बताएका छन् ।

आज (सोमबार) मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नै अर्को मन्त्री बन्न नसके पनि फेरि चुनाव जितेर हुन सक्ने सम्भावना रहेको बताए ।

उनले भने, ‘माननीय त छँदै छु, त्यसकारण फेरि पनि अर्को मन्त्री हुन सकिएला, नभए अर्को पटक फेरि चुनाव जितेर हुन सकिएला, त्यो ठुलो कुरो होइन ।’

उनले मन्त्रालयबाट बिदाइ हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो लागेको बताए । ‘छुट्टिँदा नरमाइलो लाग्नु स्वाभाविक हो । तर मन्त्रीको रुपमा जाँदाखेरि कत्ति पनि नरमाइलो छैन’ उनले भने । आफू ८ महिना २१ दिन मन्त्रीको रुपमा रहँदा गर्वका साथ रहेको र विवादरहित निर्णय गरेको दाबीसमेत गरे ।

काममा कतै पनि तलमाथि नगरेको दाबी गर्दै उनले भने, ‘जति दिन म बसेँ असाध्यै गर्वका साथ, विभागले गरेका, कुनै पनि शाखाले गरेका निर्णयहरु विवादरहित भएर ८ महिना २१ दिन सफलतापूर्वक सम्पन्न गरेर म आज बाहिरिँदै छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस