२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

अ+ अ-

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्त्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् ।

बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । उनी हाल नेपालका लागि राजदूत हुनुअघि अमेरिकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार र श्रम ब्युरोमा उपसहायक सचिव थिए । साथै, एलजीबीटीआईहरूको मानव अधिकारका लागि विदेश मन्त्रालयको पहिलो विशेष दूतका रूपमा पनि उनले काम गरिसकेका छन् ।

उनले नेपालमा अमेरिकी राजदूतावास काठमाडौँको डेपुटी चीफ अफ मिसन, दुई पटक प्रिन्सिपल अफिसर र कन्सुल जनरल समेत भएका थिए । त्यसभन्दा पहिले अकल्याण्ड, न्यूजील्याण्डको अमेरिकी महावाणिज्य दूतावासमा र त्यसपछि नेदरल्याण्ड्सको एम्स्टर्डममा अमेरिकी महावाणिज्य दूतावासमा समेत उनले काम गरेका छन् ।

उनी आफ्नो करियरको सुरुवातमा बङ्गलादेशको ढाकामा रहेको अमेरिकी दूतावासमा र त्यसपछि इजिप्टको कायरोमा रहेको अमेरिकी दूतावासमा भाइस कन्सुलरका रूपमा समेत कार्यरत थिए ।

बेरीसँगै राष्ट्रपति बाइडेनले अन्य विभिन्न मुलुकका लागि समेत नयाँ राजदूतहरू नियुक्त गरेका छन् । उनीसँगै नेपालस्थित राजदूतावासका नियोग उपप्रमुख म्यानुअल पी मिकलर समेत ताजिकस्तानका लागि राजदूत बनेर जाने भएका छन् ।