हवाई इन्धनको मूल्य नघटाएको भन्दै वायुसेवा सञ्चालकको सरकारप्रति आपत्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हवाई इन्धनको मूल्य नघटाएको भन्दै वायुसेवा सञ्चालकको सरकारप्रति आपत्ति


१२ असार २०७९, आइतबार


काठमाडौँ । वायुसेवा सञ्चालकहरुले हवाई इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आपत्ति प्रकट गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोल र डिजेल तथाच मट्टीतेलको मूल्य भारी कटौती गरेको छ ।

तर, हवाई इन्धनमा उच्च नाफा राखिरहेपछि वायुसेवा सञ्चालक संघले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो । यसबाट हवाई यात्रा महँगो पर्न जाने र पर्यटन क्षेत्र नै प्रभावित हुने संघको भनाइ छ ।

विदेशी पर्यटक नआउँदा वायुसेवा कम्पनीले न्यूनतम मूल्यमा नेपाली यात्रुलाई सेवा दिइरहेको स्मरण गराउँदै संघले ध्यानाकर्षण गराएको हो ।

संघका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई सेवा सञ्चालनमा ४० प्रतिशत खर्च इन्धनको हुन्छ । संघले हवाई इन्धनमा १० रुपैयाँ मात्र नाफा राखेर बिक्री गर्न समेत आहृवान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस